युरोपा लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक
नेपालखोज
२०७७ फागुन १५ गते ६:५७

एजेन्सी । युरोपा लिग फुटबलको प्रि-क्वाटर फाइनल अर्थात् अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । युरोपा लिगले शुक्रबार अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो ।
‘ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम-१६ मा इटालियन क्लब एसी मिलानसँग भिड्नेछ । अर्को इंग्लिस क्लबले आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ । स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्दान आयाक्सले योङ ब्वाइजसँग खेल्नेछ ।
त्यस्तै डाइनामो कोभले भिल्ला रियलसँग खेल्नेछ भने इटालियन क्लब रोमाले शाख्तर डोनेस्क्टसँग खेल्दा रेन्जर्सले स्लाभियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया