आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) फेरि गृहजिल्ला झापा जाँदैछन् ।
दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए ।
दुर्गा प्रसाईंले सञ्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन् ।
७ धुर जग्गासहितको घर विपन्न परिवारले पाउने भएको शिवाकोटीले जानकारी दिए ।
झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी आउने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया