बालुवाटारमै सुरु भयो विप्लपसँग सरकारको वार्ता

काठमाडौं । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहबिचको वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज बिहानबाट वार्ता सुरु भएको हो ।
वार्ता निरन्तर चलिरहेको नेकपा नेता सुभासचन्द्र नेवाङ जानकारी दिएका छन् । उनले भने ‘वार्ता निरन्तर चलिरहेको छ । दुबै समुहबाट वार्तामा सामेल हुनुहुनुहन्छ ।’
सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो । सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् ।
गृहमन्त्री रामबहादुर थापा साढे ९ बजे नै बालुवाटार पुगेका थिए । त्यस्तै विप्लव समूहका वार्ता समिति संयोजक खड्गबहादुर विश्वकर्मा पनि बालुवाटर पुगेका हुन् । विश्वकर्मा हिजो नै काठमाडौं प्रवेश गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
विप्लव समूहले आफूमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहा गर्नु पर्ने प्रमुख माग अघि सारेको छ ।
सरकारले २०७५ फागुन २८ गते नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको थियो । प्रतिबन्धपछि २ हजारबढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अहिले पनि विप्लव समुहका १ सय २६ जना नेता पूर्पक्षको लागि कारागारमा छन् ।

प्रतिक्रिया