सोमपालको उत्कृष्ट ब्याटिङमा आर्मीको सानदार जित

काठमाडौं । काठमाडौं मेयर कप अन्तर्गत सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर ११ माथि जित निकालेको छ। प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग पराजय ब्यहोरेको आर्मीले आजको खेलमा काठमाडौं ११ लाई ५ विकेटले हराउँदै जित निकालेको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २३.५ ओभरमा लक्ष्य पुरा गर्यो ।
सुरुवाती ब्याटिङ गरेको काठमाडौं ११ का लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाउँदा सन्दीप रजालीले ३७ रन जोडे । त्यस्तै खड्क बोहोराले १९, हरिशंकर साहले १८ र सन्दीप लामिछानेले १३ रन जोडे । काठमाडौंलाई सस्तैमा समेट्न आर्मीका शाहब आलमले सर्वाधिक ४ विकेट लिँदा जितेन्द्र मुखियाले ३ विकेट लिए । त्यस्तै सोमपाल कामी, विक्रम सोब र कुशल मल्लले १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ४२.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ८० रन बनाउँदा कुशल मल्लले २३ रन बनाए । त्यस्तै भीम सार्कीले १६ रन बनाउँदा कप्तान बिनोद भण्डारी २० रनमा अभिजित रहे ।
बलिङतर्फ सन्दीप लामिछाने र बिपिन खत्रीले समान २/२ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए ।
जारी प्रतियोगितामा दुई खेल खेलेको आर्मीको यो पहिलो जित हो । त्यस्तै पहिलो खेलमा वाग्मतीलाई हराएको काठमाडौं मेयर ११ को यो पहिलो हार हो ।
प्रतिक्रिया