मंगलबार, वैशाख ३०, २०८२

जर्मनी फुटबल टिमको प्रशिक्षक जोचिम लो राजिनामा दिने मनस्थितिमा

नेपालखोज २०७७ फागुन २६ गते १२:२२


काठमाडौं । जर्मन फुटबल टिमका प्रशिक्षक जोचिम लोले युरोकप फुटबलपछि टिमको प्रशिक्षक पदबाट राजिनामा दिने भएका छन् ।

सन् २०२१ को युरो कपपछि प्रशिक्षक लोले प्रशिक्षक पदबाट राजिनामा दिने भएपछि जर्मन फुटबलमा एक किसिमले हलचल मच्चिएको छ ।


लोलको सम्झौता गरिएको अवधि पनि सकिएको छैन । तर, उनले अवधि नसकिँदै राजिनामा दिनाले जर्मन फुटबलमा एक किसिमले अनुभवी प्रशिक्षकको खाँचो खड्कनेछ ।


प्रशिक्षक लो हाल ६१ वर्षका भए । उनको जर्मनीसँगको सम्झौता २०२२ सम्म रहेको बताइएको छ । लो सोच विचार गरेर टिम छाड्ने मनस्थितिमा पुगेको बताउँछन् ।

उनी जर्मनीलाई सन् २०१४ को विश्वकप फुटबलको उपाधि जिताउने प्रशिक्षक हुन् ।

युरोकप सकिएपछि लो पदबाट बाहिरिने छन् । त्यसपछि जर्मनी फुटबलको नयाँ प्रशिक्षक नियुक्त गरिने बताइएको छ ।

प्रतिक्रिया