भारतमा कोठी चलाउने रुकमाया नुवाकोटबाट समातिइन्
नेपालखोज
२०७७ फागुन २८ गते १५:०३

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गर्ने रुकमाया तामाङलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ।
मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोट दुप्चेश्वर नगरपालिका–२ घरभई भारतको नयाँ दिल्ली स्थित जिबी रोड ५६ नम्बर गल्लीमा कोठी संचालन गरी बस्ने ६२ वर्षीया (चमेली) सिता तामाङ भन्ने रुकमायालाई प्रहरीले पक्राउ गरेको हो।
तामाङले ति युवतीलाई बरजस्ती बेश्यावृतिमा लगाएको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ। मानव बेचबिखन कार्यमा संलग्न अन्य अभियुक्तको खोजीकार्य जारी रहेको ब्यूरोले जनाएको छ।
तामाङविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया