आहा रारा गोल्कपमा ८ टोली खेल्ने
नेपालखोज
२०७७ फागुन २९ गते ११:२९

काठमाडौं । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १९ औं संस्करणमा ८ टोलीले सहभागिता जनाउने भएका छन् ।
आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।
प्रतियोगितामा १ विदेशी टोलीसहित जम्मा ८ टोलीको सहभागिता रहने जानकारी आयोजकले दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया