बुधबार, जेठ १, २०८२

सोमबारदेखि प्रेसिडेन्ट लिग हुने

नेपालखोज २०७७ चैत १ गते १५:३४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोली सोमबारबाट नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट लिग आयोजना गर्ने भएको छ । पहिलोपटक गरिन लागेको प्रतियोगिता नेपालगञ्ज रंगशालामा हुने एन्फाले आइतबार पत्रकार सम्मेलनमा जानकारी गरायो ।

मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले नेपाली फुटबलको इतिहासमै पहिलोपटक प्रतियोगिता गर्न लागेको एन्फाका केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए।

प्रतियोगिताको तयारी पूरा भएको चित्रकारले जानकारी गराए। मोफसलको फुटबल विकासमा एन्फा प्रेसिडेन्ट लिगले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनको भनाई थियो।

प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब(झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब(रौतहट), बागमती प्रदेश च्याम्पियन(धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब(लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब(जुम्ला) र सुदूर पश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब(कैलाली)ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रसिडेन्ट लिगका शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन् । भोली सुरु हुने प्रतियोगिता चैत १५ गते सम्पन्न हुने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

यसैगरी फेयर प्ले अवार्डबाट पुरस्कृत हुने टिम र सर्वोत्कृष्ट खेलाडीले ५०/५० हजार रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया