शुक्रबार, वैशाख १२, २०८२

कुमारी बैंक र मेरिना ईम्पेक्सबीच सम्झौता

नेपालखोज २०७७ चैत ४ गते १२:३२

काठमाडौं । कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच सहकार्यकालागि सम्झौता भएको छ । मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धी सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता पश्चात मेरिना ईम्पेक्समा सिलाई सम्बन्धी सेवा लिए वाफत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डवाट भुक्तानी गरेमा ग्रहाकले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेरिना ईम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया