क्युआर कोडमार्फत भुक्तानी गर्नेको संख्या वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र रु ४६ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ । गत पुसमा रु एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोबार भएकामा माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएको हो ।
गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोबार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोबार भएको छ ।
प्रतिक्रिया