शुक्रबार, वैशाख १२, २०८२

एनएमबिको १२५ दिने निक्षेपमा आकर्षक योजना

नेपालखोज २०७७ चैत ५ गते २०:२३

काठमाडौं । हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबिले उच्चतम व्याज प्रदान गर्दै आइरहेकोे छ ।

माघ महिनादेखि सबैभन्दा बढी व्याज दिन लागेको एनएमबि बैंकले अब नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतिमा सात दशमलव २५ प्रतिशतसम्म वार्षिक व्याजदर (शुन्य दसमलव पाँच प्रिमियम सहित) तोकेको छ ।

हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया