बुधबार, जेठ १, २०८२

भारत इङ्ल्यान्डविरुद्ध विजयी

नेपालखोज २०७७ चैत ६ गते १०:१०

काठमाडौं । भारतले इङ्ल्यान्डविरुद्ध चौंथो टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । 

बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ८ रनले पराजित गरेको हो । 

अहमदाबादमा भएको खेलमा भारतले जित निकाल्दै ५ खेलको सिरिज २–२ को अवस्थमा पुगाएको छ । 

भारतले दिएको १८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर मात्र १७७ रन बनायो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले ४० रन बनाए ।  भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डय र राहुल चहलले २ /२ विकेट हात पारे ।

यसअघि पहिले टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

भारतका लागि सुर्य कुमार यादवले अर्धशतकीय पारी खेले । उनले ५७ रन बनाए । त्यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए ।
बलिङ्ल्यान्डका लागि जोफ्रा आर्चर ४ विकेट लिए । दुई देशबीचको अन्तिम टी–ट्वान्टी शनिबार हुनेछ ।

प्रतिक्रिया