शुक्रबार, जेठ ३, २०८२

अदुवाका फाइदाबारे जान्नैपर्ने कुराहरु के के हुन् त ?

नेपालखोज २०७७ चैत ७ गते ५:००


अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।

बिहानपख वाकवाकी लाग्ने समस्या भएकाहरुले अदुवाको सुठो चपाउनाले फाइदा गर्छ र उल्टी हुनबाट रोक्दछ । त्यसका साथै विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी हुन्छ । अझ गर्भवती महिलालाई विहानपख आउने वाकवाकी नियन्णमा यो रामवाण नै सावित हुन्छ ।

यदि तपाइँलाई चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा खाने गर्नुहोस् । अदुवा पोलेर खानाले खोकीमा फाइदा गर्छ ।

छाति तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ ।

धेरै थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्दछ ।

जिउको कुनै मांशपेशी दुखेको तथा सुन्निएको छ भने अदुवा त्यस्तो पीडा कम गर्न उपयोगी हुन्छ । यसलाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खानाले यसले मांशपेशीले दुखाइ विस्तारै कम गर्छ ।

बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ ।

अपचको समस्या झेलिरहेका हरुका लागि पनि अदुवा निकै लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।

अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ ।

प्रतिक्रिया