बुधबार, जेठ १, २०८२

आर्मी र पुलिस इलाम आमन्त्रण खुला पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश

नेपालखोज २०७७ चैत ६ गते १६:३५

इलाम । विभागिय टिम आर्मी र नेपाल पुलिस क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी सेमिफाइलन पुगेको हो । गण्डकीविरुद्ध आर्मीले १५–२५, १८–२५, २५–२१ र १९–२५ को सेटमा जीत हात पारेको हो । यसअघि, आजै भएको पहिलो खेलमा पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित दमक नगर भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

पुलिसले दमकलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पुलिसले दमकलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा सहजै जित दर्ता गर्‍यो । समूह बी मा एपीएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगिसकेको छ । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो ।

प्रतियोगिताको सेमिफाइनलका खेलहरु शनिबार हुने छन् भने फाइनल आइतबार हुने छ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछ ।

प्रतिक्रिया