त्रिदेशीय फुटबल हेर्ने दर्शकलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य
नेपालखोज
२०७७ चैत १० गते १४:१०

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिता हेर्न पुग्ने दर्शकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने भएको छ ।
कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको हुँदा मापदण्डलाई अनिवार्य गरिएको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।
तापक्रम नाप्ने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य लगाउनु पर्ने एन्फाले जनाएको छ । त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किर्गिस्तानले खेल्दैछन् ।
नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गिस्तानसँग खेल्नेछ । यस्तै, दोश्रो खेल १४ गते बंगलादेशसँग खेल्नेछ । फाइनल खेल १६ गते हुनेछ ।

सम्बन्धित
प्रतिक्रिया