मंगलबार, वैशाख १८, २०८१

सुनको मूल्यले नाग्यो ७३ हजार

नेपालखोज २०७६ पुष ११ गते १३:५७

११ पुष, काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार त्यसको प्रतितोला मूल्य ७३ हजारभन्दा माथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बजारमा छापावाल सुन प्रतितोला ७३ हजार ३ सय र तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार तोलामै पाँच सय रुपैयाँ वृद्धि भएर नयाँ रेकर्ड कायम भएको हो ।

सुनको मूल्य वृद्धि भए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यमा शुक्रबार पनि कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया