शनिबार, जेठ ४, २०८२

बाघको छाला तथा हड्डी सहित पक्राउ

नेपालखोज २०७७ चैत ११ गते १६:०८

लमजुङ । बाघको छाला र २ किलो २ सय ९० ग्राम हड्डी सहित एक जना पक्राउ परेका छन् । दोर्दी गाउँपालिका–६ सिमी बस्ने ३४ वर्षीय मनराज गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

मनराजले बाघ मारेर बाघको छाला तथा हड्डी समेतको तस्करी गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरील उनलाई पक्राउ गरेको हो ।

मनराजलाई आवश्यक कारवाही र थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया