मंगलबार, वैशाख १८, २०८१

एसईईः प्रदेश ५ सरकारले नतिजा सुधार गर्न गणित र विज्ञानको विषेश कक्षा सञ्चालन गर्दै

नेपालखोज २०७६ पुष ११ गते १५:२६

११ पुष, नेपालगन्ज । ५ नंम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले माध्यामिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउनको लागि विषेश कक्षा सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०७५ को एसईई परीक्षामा प्रदेश नंम्बर ५ का परीक्षार्थीले गणित र विज्ञानमा अत्यन्तै नाजुक नतिजा ल्याएको पाईएपछि प्रदेश सरकारले चालु शैक्षिक सत्रदेखि यस्तो अभियान सुरु गर्ने भएको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यार्थीको मुल्याङ्कनको आधार मानिएको एसईई परीक्षाको नतिजा अनुसार ५ नंम्बर प्रदेशका विद्यार्थीको गणित र विज्ञानमा अवस्था अत्यन्तै नाजुक रहेको पाईएकोले सो नतिजामा सुधार ल्याउने उदे्श्यले प्रदेशका सबै विद्यालयमा विषेश कक्षा सञ्चालन गरिने तयारी भएको जानकारी दिए ।

२०७५ सालको एसईईमा प्रदेशको नतिजा अनुसार गणितमा ३७ प्रतिशत बालबालिकाले ई ग्रेड ल्याएको र ६० प्रतिशतले डि ग्रेड नतिजा ल्याएका छन । यसैगरी विज्ञानमा पनि अपेक्षा अनुसारको नतिजा नभएपछि अभियानकै रुपमा लैजाने थालिएको शैक्षिक विकास तथा अनुसंन्धान महाशाखाका उपसचिव ज्ञवालीले जानकारी दिए । उनले विज्ञान र गणितका शिक्षकलाई ओरेन्टेशन गरेर कक्षा सुरु गरी कम्तिमा पनि २० प्रतिशत मुनी भार्ने लक्ष लिएको बताए ।

प्रतिक्रिया