मंगलबार, वैशाख ३०, २०८२

नेपालले शनिबार बंगलादेशविरुद्ध हुने खेलमा बराबरी मात्र खेले पनि फाइनल पुग्ने

नेपालखोज २०७७ चैत १२ गते २१:२९

काठमाडौँ- त्रिदेशीय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपाल र किर्गिजस्तानको यू-२३ राष्ट्रिय टोलीबीच गोलरहित बराबरी भएको छ।

दशरथ रंगशालामा भएको खेलमा दुवैतर्फबाट गोल हुन सकेन। खेलको ६७ औं मिनेटमा किर्गिजस्थानका  कप्तान टासिभ कामोलिदीनले दोहोरो पहेलो कार्ड पाएपछि किर्गिजस्तान १० खेलाडीमा समेटिएको थियो ।

नेपालले शनिबार बंगलादेशविरुद्ध हुने खेलमा बराबरी मात्र खेलेपनि फाइनल पुग्ने छ।

प्रतिक्रिया