मंगलबार, वैशाख ३०, २०८२

भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्यान्डको शानदार जित

नेपालखोज २०७७ चैत १४ गते ९:०९

काठमाडौं । इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीयमा शानदार जित निकालेको छ । पुनेमा शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको शानदार जित निकालेको हो ।

भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय २४ रनको शतकीय इनिङ्स खेले ।

त्यस्तै बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डाविड मालनले अविजित १६ रन बनाए । भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए । भुवनेश्वर कुमारले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो । भारतका केएल राहुलले १ सय ८ रनको शतकीय इनिङ्स खेले ।

त्यस्तै, ऋषव पन्तले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।

प्रतिक्रिया