४ लाख १२ हजार रुपैयाँबराबरको अवैध औषधि बरामद
नेपालखोज
२०७७ चैत १६ गते १०:३१

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले करीब ४ लाख १२ हजार रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले उक्त औषधी बरामद गरेको हो ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीका औषधीहरु बरामद गरिएको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया