शनिबार, जेठ ४, २०८२

एपीएफ टोलीद्वारा लागुऔषध बरामद

नेपालखोज २०७७ चैत १६ गते १०:४६

सिरहा । सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ४ स्थित बलानखोला ईलाकाबाट चैत्र १४ गते एपीएफ टोलीले लागुऔषध नाईट्राजिपाम ट्याब्लेट ६ सय वटा र डाइलेक्स डिसी १७ बोतल बरामद गरेको छ ।


सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले उक्त लागुऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ झोला बोकेर आउँदै गरेका व्यक्तिहरुले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ सोही ठाउँमा झोला फालेर भागेपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो । बरामद लागुऔषध स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया