मंगलबार, वैशाख ३०, २०८२

थ्री नेसन्स कपमा बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-० ले अगाडि (फोटो फिचर)

नेपालखोज २०७७ चैत १६ गते १८:४४

काठमाडौं । थ्री नेसन्स कपको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको अग्रता बनाएको छ । खेलको ४१ औँ मिनेटमा विशाल राई र १८ औँ मिनेटमा संजोग राईले गोल गोल गर्दै नेपालले २-० गोल अन्तरको अग्रता बनाएको हो ।

साढे ५ बजेदेखि सुरु भएको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी छ । खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् । नेपाली खेलाडीले गोल गरेपछि प्रधानमन्त्री ओली उत्साहित बनेको छन् ।

नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् । त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।

प्रतिक्रिया