मंगलबार, वैशाख ३०, २०८२

त्रिदेशीय कप विजेता खेलाडीले एक-एक लाख पाउँने

नेपालखोज २०७७ चैत १७ गते २१:२०

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रू. एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।

दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । नेपालका लागि सन्जोक राई र विशाल राईले एकरएक गोल गरेका थिए ।

बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो ।विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको थियो ।

प्रतिक्रिया