रोनाल्डोको कप्तानीवाला आर्मब्यान्ड लिलामीमा
नेपालखोज
२०७७ चैत १८ गते ११:४०

एजेन्सी । सर्वियाविरुद्धको खेलमा रिसको झोकमा क्रिस्टियानो रोनाल्डोले आफुले लगाएको कप्तानको आर्मब्यान्ड भुईंमा फालेका क्रिस्टियानो रोनाल्डोले फालेका थिए । सो आर्मब्याण्ड लिलाम हुने भएको छ ।
फिफा विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको सर्वियासँगको खेलमा रेफ्रीको निर्णय मान्य नभएपछि उनले यसो गरेका हुन् । उनले अन्तिम समयमा गरेको गोल रेफ्रीले मान्यता दिएका थिएनन् ।
सो फालिएको आर्मव्यान्ड अनलाइनमा लिलामीमा राखिएको छ । त्यसबाट संकलन गरिएको रकम च्यारिटीमा लगाइने एजेन्सीहरुले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया