शनिबार, जेठ ४, २०८२

अष्ट्रेलिया पठाइदिने भन्दै लाखौं ठगीको आरोपी गर्ने भुुजेल पक्राउ

नेपालखोज २०७७ चैत २० गते १३:१२


काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ ठेगाना भएका २३ वर्षीय अमित भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।


भुजेलले सर्ट टर्म ४५७ भिषामा २/२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाइदिन्छु त्यसका लागि प्रतिव्यक्ति छ लाख रुपैयाँ लाग्छ भनी दुुई जनाबाट नौ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।


उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया