मंगलबार, वैशाख ३०, २०८२

एएफसी कप २०२१ : त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा हुने

नेपालखोज २०७७ चैत २० गते १८:१३

काठमाडौं । एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच प्रितस्पर्धा हुने भएको छ ।

यही चैत २५ गते हुने दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने छ । उक्त प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौँ आउने भएको छ ।

उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५०० र साधारणतर्फ रु ३०० शुल्क कायम गरिएको बताइएको छ । सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।

प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । आर्मी क्लबले श्रीलङ्कका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जनाएको छ ।

प्रतिक्रिया