शनिबार, जेठ ४, २०८२

चितुवाको जस्तो देखिने छाला बरामद

नेपालखोज २०७७ चैत २४ गते १३:३८


ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्ति पञ्चेश्वरी मन्दिर जाने पुल मुनी सडकबाट एक थान चितुवाको जस्तो देखिने छाला सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जेब्रा झोलाभित्र वेवारिसे अवस्थामा रहेको उक्त छाला फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया