काठमाडौंको लैनचौरमा १७ लाख रुपैयाँको धनमान चोरी
नेपालखोज
२०७७ चैत २४ गते १३:४२

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने सरिता श्रेष्ठको घरबाट दराजको लक फोडेर नगद छ लाख रुपैयाँ, एक थान घडी र सुन तथा हिराको बिभिन्न गहना समेत गरी करिब १७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया