शुक्रबार, जेठ ३, २०८२

एयरपोर्टबाट सुनजस्तो देखिने पहेँलो धातु र बालासहित पक्राउ

नेपालखोज २०७७ चैत २५ गते १४:१७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक व्यक्ति पक्राउ परेका छन्न । करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला एक थान सहित धनुषा घर भएको ३४ वर्षीय प्रकाश महरा मंगलबार पक्राउ परेका हुन् ।

दुवई एयरलाईन्सको उडानमार्फत काठमाडौं आएका महरा चेकजाँचका क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु र बाला सहित पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया