गोंगबुकाे गेष्ट हाउसमा एक पुरूषकाे मृत्यु
नेपालखोज
२०७७ चैत २९ गते १२:५०

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको छ। शनिबार राति पौने १० बजे गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मृतक स्याङ्जा घर भइ नवलपरासी बस्दै आएका नारायण घर्ती मगर हुन्। उनको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ। शरिरमा बाहिरी चोट पटक नदेखिएको र थप कुरा पोष्टमर्टमपछि खुल्ने प्रहरीले जनाएको छ। शनिबार उनले गेष्ट हाउसको २०४ नम्बरको कोठामा राजु क्षेत्रीको नाममा इन्ट्री गरेका थिए।
मृतकका परिवार काठमाडौं आउँदै गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित
प्रतिक्रिया