मंगलबार, वैशाख ३०, २०८२

म्यानचेस्टर युनाइटेडसँग टोटेनहमकाे हार

नेपालखोज २०७७ चैत ३० गते ८:४९

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरविरुद्ध जित निकालेको छ।

यससँगै टोटेनहमको अन्तिम चारमा पुग्ने सपना पनि थप टाढा पुग्दै गएको छ। पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसकेपछि टोटेनहमले ३–१ गोलको हार बेहोरेको हो।

खेलको ४० औं मिनेटमा लुकास मोउराले दिएको पासलाई सन ह्युङ मिनले गोलमा परिणत गरेपछि टोटेनहम पहिलो हाफमा एक गोलले अघि थियो। तर, खेलको ५७ औं मिनेटमा फ्रेडले गोल गरेपछि नै खेल बराबरीमा आयो। प्रतिस्पर्धात्मक खेलको अन्तिम ११ मिनेट बाँकी रहँदा मेसन ग्रिनुडको पासमा एडिसन काभानीले गोल गरेपछि युनाइटेडले अग्रता बनायो।

त्यति मात्र होइन, इन्ज्युरी समयमा पाउल पोग्बाले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै ग्रिनवुडले ३–१ को गोल अन्तरमा खेल सके। यो जितसँगै युनाइटेड दोस्रो स्थानमा थप बलियो भएको छ। उसको ६३ अंक छ भने तेस्रो स्थानको लेस्टर सिटीको ६३ अंक छ।

त्यस्तै चौथौ स्थानको वेस्ट ह्यामको ५५ अंक छ।  पाँचौ स्थानको चेल्सीको ५४ अंक हुँदा छैटौं स्थानको लिभरपुलको ५२ अंक छ। त्यस्तै ४९ अंक बनाएको टोटेनहम सातौं स्थानमा छ।

प्रतिक्रिया