सोमबार, वैशाख २९, २०८२

थमप्रकाश र करिष्मासहित ६ जनाले जिते स्वर्ण

नेपालखोज २०७८ वैशाख २ गते १२:०८


काठमाडौं । फुलकन्ट्याक्ट च्याम्पियनसिप प्रतियोगितामा थमप्रकाश खड्का र करिष्मा कार्की च्याम्पियन भएका छन्। बुधबार काठमाडौंको एयरपोर्टमा भएको प्रतियोगितामा पुरुष खुल्ला तर्फ खड्काले र महिला खुल्ला तर्फ जमल दर्वार डोजोकी कार्कीले स्वर्ण पदक जितेका हुन्।

प्रतियोगिताको पुरुष ३० किलो समुहमा कमल पहाडीले, ३५ किलोमा सागर थिङले, ४५ किलोमा अनमोल माझीले र ५० किलो तौलसमुहमा ला पासाङले स्वर्ण पदक जिते ।

पहिलो पटक आयोजना गरिएको च्याम्पियनसिपमा पुरुष तर्फ ५ र महिला तर्फ १ तौल समुहमा प्रतिस्पर्धा गराइएको नेपाल क्योकुशिन कराते आईकेए एयरपोर्ट शाखा प्रमुख प्रशिक्ष प्रेमबहादुर लामाले जानकारी दिए।प्रतियोगितामा देशभरका १ सयभन्दा धेरै बलिया र उत्कृष्ट खेलाडीहरुको प्रतिस्पर्धा भएको थियोे।

खेलकुदलाई पुरानै लयमा फर्काउदै छौँः मन्त्री लामा

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले नेपाली खेलकुदलाई पुरानै अवस्थामा फर्काउन लागी परेको बताएका छन् । पछिल्लो समय खेलकुद क्षेत्र पनि कोरोना महामारीले थलिएकाले अब खेलकुद गतिविधि बढाएर खेलकुदको विकास गर्ने योजनामा आफू लागि परेको उनको भनाई छ।

नेपाल क्योकुशिन कराते एसोसिएसन आईकेएको आयोजनामा भएको प्रथम नेपाल फुलकन्ट्याक्ट च्याम्पियनसिप प्रतियोगिताका विजेता खेलाडीहरुलाई क्योकुशिन कराते आईकेएका उपाध्यक्ष लालबहादुर चन्दले मेडर र ट्रफी प्रदान गरेका थिए।

प्रतिक्रिया