अवैधरुपमा भिओआईपी सञ्चालन गर्नेहरु पक्राउ

काठमाडौं । अवैधरुपमा भिओआईपी सञ्चालन गर्नेहरु पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले अवैध रुपमा अन्तराष्ट्रिय कल बाईपास (भिओआइपी) चलाएको आरोपमा दुईजनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
सिआईबीका अनुसार पक्राउ पर्नेहरुमा भारतको पञ्जाव राज्य, जलान्धर जिल्ला सनेकपुरा १ घर भएका ३१ बर्षिय राना शाह र रौतहटको रमौली बेरिया घर भएका ३३ बर्षिय स्यामुुल खान भन्ने मोसलिम मियाँ अन्सारी रहेकाछन । सिआईबीका अनुसार उनीहरुलाई काठमाडौको चन्द्रागिरी नगरपालिका, वडा नं २, बसण्डोल स्थित श्याम कृष्ण श्रेष्ठको घरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुको साथबाट ६४ पोर्टको जिओआइपी गेटवे, निलो रङको डेल कम्पनीको ल्यापटप र चार्जर, टेलिटक लेखिएको सेतो मोडियम, टीपी लिंकको डेस्कटप स्विच, निलो रङको रेडमी नोट ६ प्रो मोबाइल, लाभाको एआरसी १०७ मोडलको मोबाइल र पेन ड्राइभ, एनटिसीको प्रयोग नभएको एक सय दरको रिचार्ज कार्ड दुुई थान, पेन ड्राईभ एक थान, प्लग लगायतका सामानहरु बरामद भएकाछन । पक्राउ परेका ती व्यक्तिहरुउपर दुर सञ्चार ऐन २०५३ अन्र्तगत अनुसन्धान भईरहेको सिआईबीले जनाएको छ ।
प्रतिक्रिया