युरोप पठाईदिन्छु भनि ठगी गर्ने राई पक्राउ

काठमाडौ । युरोप पठाईदिन्छुु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुका सुचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीका अनुसार चितवनको राप्ती नगरपालिका वडा नम्वर ३ घर भई हाल काठमाडौको नयाँ बजार बस्ने भरत प्रसाद राईलाई आज पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक पंगेनीका अनुसार राईले हाल ग्राण्ड ग्लोव होडिडेज प्रालि सञ्चालन गर्दे आएका राई पक्राउ परेका हुुन ।
पक्राउ परेको राईले भिजिट भिषामा जान प्रति व्यक्ति १० लाख रुपैयाँ लाग्ने भनि प्रलोभनमा पारी युरोपको पोर्चुगल, लाटभिया, युक्रेन लगायतका देशमा तेह्थुमका फेदाप गाउँपालिका वडा नम्वर ३ बस्ने सागर लिम्बुु समेत छ जनाबाट १९ लाख ४७ हजार रुपैयाँ हालसम्म सम्र्पक बिहिन भएका थिए ।
सोही आधारमा ति व्यक्तिहरुले हालेको उजुुरीका आधारमा ति व्यक्ति पक्राउ परेका हुुन, प्रहरी उपरीक्षक पंगेनीले भने । पक्राउ परेको राईलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको उनले बताएकाछन् ।
प्रतिक्रिया