मंगलबार, वैशाख १८, २०८१

अष्ट्रेलियामा खोलामा डुबेर दुई नेपालीको मृत्यु

नेपालखोज २०७६ पुष १९ गते ९:५२

१९ पुष, काठमाडौँ । अष्ट्रेलियामा खोलामा डुबेर दुई नेपालीको मृत्यु भएको छ । गएराति सिड्नीको उत्तरीभेगको एक खोलामा पौडी खेल्न पसेका दुई नेपालीको मृत्यु भएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ ।

प्रहरीले आफ्नो वेभसाइटमा मृत्यु भएकाकोे बारेमा थप जनाकारी उपलब्ध नगराए पनि मृत्यु हुने दुबै जना नेपाली भएको त्यहाँको एक प्रमूख रेडियो स्टेसन टूजीबीले जनाएको छ । खोलामा पसेको समूहका अर्को एकजनाको अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति करिब साढे ७ बजे आकस्मिक सेवाका कर्मचारीहरुले बेरोरा नेशनल पार्कस्थित हन्र्सबी खोलामा दुईजना व्यक्ति हराइरेको र एक जनालाई सासफेर्न मुश्किल भएको अवस्थामा पानीबाट बहिर तानिएको बताएका थिए ।

प्रतिक्रिया