नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
नेपालखोज
२०७८ वैशाख १२ गते १३:०८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दशरथ रंगशालामा आज दुई खेल हुँदै छ ।
आज खेलिने दुई खेलमध्ये पहिलो खेलमा विराटनगर सिटी एफसी र धनगढी एफसी अपरान्ह २:३० बजे भिड्दै छन्। विराटनगर रञ्जित धिमालको कप्तानीमा उत्रने छ भने धनगढीको कप्तान नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङ रहने छन्।
त्यस्तै साँझ ५:३० बजे खेलिने दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीकाे भिडन्त हुनेछ ।
कप्तान अनिल गुरुङ को कप्तानी मा पोखरा र विशाल श्रेष्ठको कप्तानीमा बुटवल लुम्बिनी मैदान प्रवेश गर्ने छन्।
सम्बन्धित
प्रतिक्रिया