एफसीलाई विराटनगर सिटीले हरायाे
नेपालखोज
२०७८ वैशाख १२ गते १७:४०

काठमाण्डाै । नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटीले धनगढी एफसीलाई हराएको छ । दशरथ रङ्गशालामा आज भएकाे पहिलो खेलमा विराटनगरले धनगढीलाई तीन–शून्यले हराउँदै विजयी सुरुवात गरेको हाे ।
विराटनगरका विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक/एक गोल गरे । विराटनगरले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो । धनगढीलाई हराउँदै विराटनगरले तीन अङ्क जोडेको छ ।
सम्बन्धित
प्रतिक्रिया