अमेरिका र इरानबीचको तनावले एशियाली शेयर बजारलाई दियो झट्का
नेपालखोज
२०७६ पुष २१ गते १६:११
२१ पुस, काठमाडौँ । अमेरिका र इरानबीचको तनावको असर विश्व शेयर बजारमा प्रत्यक्ष रुपमा परिरहेको छ । यसको प्रभाव अमेरिकामा मात्र होइन एशियाली शेयर बजारमा झन् धेरै देखिएको छ ।
सोमबार एशिया प्यासिफिक शेयर ०.७ प्रतिशतले घटेको छ। यसदिन जापानको निक्केई एन २२५ इन्डेक्समा करिब २ प्रतिशतको गिरावट देखिएको छ। जबकि एसएण्डपी सूचक ०.५ प्रतिशतले घटेको छ।
यसैगरी चिनियाँ शेयर बजार पनि यसदिन राताम्मे भएर खुलेको थियो। अष्ट्रेलियन शेयर बजार पनि बजारको सुरुवातमा नै ०.४ प्रतिशतले घटेको थियो।
दुई देशका बीचको तनावको असर छिमेकी, देश भारतको शेयर बजारमा पनि देखिएको छ। भारतीय शेयर बजारमा उच्च गिरावट देखिएको छ। कारोबारका क्रममा सेन्सेक्स ५१५ अंकले घटेर ४० हजार ९४९.१८ को बिन्दुमा झरेको छ।
यसैगरी, निफ्टी १५७ अंकको गिरावटका साथ १२ हजार ०६९.१० बिन्दुमा पुगेको छ।
सम्बन्धित








प्रतिक्रिया