चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द
नेपालखोज
२०७६ पुष २४ गते ८:१८
२४ पुष, दाङ । अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार (आज) र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र शुक्रवार बिदा दिएको जनाएको छ ।
महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया