मंगलबार, वैशाख ३०, २०८२

सुपर लिगको पहिलो हाफमा काठमाडौंको अग्रता

नेपालखोज २०७८ जेठ १ गते १९:०२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज शनिबार फाइनल खेल भइरहेको छ। त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा जारी खेलको पहिलो हाफमा काठमाडौंले अग्रता बनाएको छ।

काठमाडौंका मेसुके ओलुमेउले २२ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। यससँगै मेसुकेले जारी लिगमा आठ गोल गरिसकेका छन्। उनी लिगको सर्वाधिक गोलकर्ता पनि हुन्। पहिलो हाफमा काठमाडौंले ७ सट प्रहार गरेको छ भने धनगढीले तीन सट प्रहार गरेका छन्।

प्रतिक्रिया