मंगलबार, वैशाख ३०, २०८२

वेस्ट इन्डिजद्वारा घरेलु मैदानमा खेल्ने क्रिकेट सिरिजको तालिका सार्वजनिक

नेपालखोज २०७८ जेठ २ गते ११:५०

काठमाडौं । वेस्ट इन्डिजले घरेलु मैदानमा तीन राष्ट्रसँग खेल्ने क्रिकेट सिरिजको तालिका सार्वजनिक भएको छ । वेस्ट इन्डिजले २०२१ मा घरेलु मैदानमा दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानसँग खेल्ने सिरिजको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार दक्षिण अफ्रिकासँग वेस्ट इन्डिजले दुई टेस्ट र पाँच टी-ट्वान्टी खेल्नेछ । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको टेस्ट सिरिज जुन १० देखि २२ सम्म र टी-ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ ।

यस्तै वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टी-ट्वान्टी र तीन एकदिवसीय सिरिज हुनेछ । जुलाई ९ देखि १६ सम्म टी-ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ ।

यस्तै वेस्ट इन्डिज र पाकिस्तानबीच पाँच टी-ट्वान्टी र दुई टेस्ट सिरिज हुनेछ । पाँच खेलको टी-ट्वान्टी सिरिज जुलाई २७ देखि ३ अगस्ट सम्म र अगस्ट १२ देखि २४ सम्म टेस्ट सिरिज हुने जनाइएको छ ।

प्रतिक्रिया