स्पेनिस ला लिगा फुटबलमा आज राति १० खेल हुँदै
नेपालखोज
२०७८ जेठ २ गते २०:३६

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आजराति १० खेलहरु हुँदैछन् । आज शिर्ष स्थानको एट्लेटिको मड्रिडसँगै रियल मड्रिड, बार्सिलोना, सेभिल्ला लगाएतका क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।
आज हुने सबै खेल राति सवा १० बजे सुरु हुनेछन् । जसमा शिर्ष स्थानको एट्लेटिकोले ओसासुनाको सामना गर्दा दोस्रो स्थानको रियलले एथ्लेटिक क्लब बिल्बाओसाग खेल्नेछ ।
यसैगरी बार्सिलोना र सेल्टा भिगो आमने सामने हुँदा सेभिल्ला र भिल्लारियल, रियल सोसिडाड र भालाडोलिड, अलाभेस र ग्रानाडा, गेटाफे र लेभान्टे, रियल बेटिस र हुइस्का भिड्नेछन् । यसैगरी भ्यालेन्सियाले एइबरसँग खेल्दा कडिजले इल्चेको सामना गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया