मंगलबार, वैशाख ३०, २०८२

नेपालमा अरब सागरमा विकसित चक्रवातको असर बिहीबारसम्म रहने

नेपालखोज २०७८ जेठ ४ गते १७:२२

काठमाडाैं ।  अरब सागरमा विकसित चक्रवातको असर नेपालमा पर्सीसम्म अर्थात बिहीबारसम्म नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार मङ्गलवार (आज) दिनभरि नै काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।

अहिले मुगु, नवलपरासी, चितवन, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङ र झापा लगायत क्षेत्रमा पानी परिरहेको मौसमविद् कँडेलले जानकारी दिइन् । बुधवार (भोलि) काठमाण्डौमा केहीबेर घाम लागे  पनि फेरि बदली हुने उनकाे भनाइ छ । बिहीवार (पर्सी) पनि देशभरकै मौसम यस्तै रहनेछ ।

विशेषगरी पश्चिमी क्षेत्रमा चक्रवातको असर धेरै पर्ने अनुमान गरिएकाे उनले बताएकी छन् । यस्तै मौसममा आएको खराबीका कारण हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकोले पर्वतारोहण नगर्न र नगराउन आग्रह समेत गरेको छ ।  

प्रतिक्रिया