फिफा विश्वकप तथा एसियन छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडौं । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताईरीले २३ सदस्यीय नेपाली टिम छनोट गरेका हुन् ।
प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठूलो परिवर्तन गरेका छन् ।नेपाली टिमका नियमित सदस्य भरत खवास, रञ्जित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् ।
सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपालले यहीँ मे २९ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
प्रतिक्रिया