इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र ब्राइटनबीच प्रतिस्पर्धा हुँदै
नेपालखोज
२०७८ जेठ ४ गते २१:००

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । सिटीले ब्राइटनसँग उसैको मैदानमा राती पौने १२ बजे सुरु हुनेछ ।
यसअघि नै लिगको उपाधि जितिसकेको सिटी ब्राइटनलाई हराउदै अंक तालिका थप फराकिलो बनाउन चाहन्छ । लिगमा आजराति पौने ११ बजे म्यानचेस्टर युनाईटेडले फुलह्यामसँग प्रतिस्पर्धा गर्दा सोहि समयमा साउथह्याम्पटन र लिड्सबीच पनि प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै आज राति हुने अन्तिम खेलमा राती १ बजे चेल्सी र लेस्टर सिटी मैदान उत्रनेछन् ।
सम्बन्धित
प्रतिक्रिया