मंगलबार, वैशाख ३०, २०८२

इङ्ग्ल्यान्ड र अष्ट्रेलियाबीचकाे एसेज टेस्ट क्रिकेट डिसेम्बरदेखि सुरू हुने

नेपालखोज २०७८ जेठ ५ गते ११:१९

काठमाडाैं ।   इङ्ग्ल्यान्ड र अष्ट्रेलियाबीच सन् २०२१/२२ मा हुने एसेज टेस्ट क्रिकेट श्रृङ्खलाको मिति तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार अष्ट्रेलियामा हुने एसेजको पहिलो खेल २०२१ को डिसेम्बर ८ तारिखमा गाबामा सुरु हुने छ ।

यस्तै दोस्रो टेष्ट डिसेम्बरदेखि एडिलेडमा हुने छ । तेस्रो खेल २६ डिसेम्बरमा, चौथो जनवरी पाँच तारिखमा र पाँचौ तथा अन्तिम खेल १४ डिसेम्बरदेखि पर्थमा हुने छ ।

अष्ट्रेलिया भ्रमणको क्रममा इङ्ग्ल्यान्डले तीन वटा टी-२० र तीन वटा एकदिवसीय खेल पनि खेल्ने छ । अष्ट्रेलिया र इङ्ग्ल्यान्डबीच एसेजलाई दुई देशबीचको प्रतिष्ठाको रुपमा पनि हेरिन्छ भने विश्वभरिबाट नै बडो चासोका साथ हेर्ने गरिन्छ । एसेज टेस्ट श्रृङ्खला सन् १८८२ देखि सुरु भएको हो ।

प्रतिक्रिया