मंगलबार, वैशाख ३०, २०८२

भाउजू हत्या आरोपमा युवक पक्राउ

नेपालखोज २०७८ जेठ ६ गते ९:४८

विराटनगर । नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादव रहेका छन् ।

रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया