बुटवलकाे सिंह कम्प्लेक्समा आगलागी हुँदा साढे ३ करोडको क्षति
नेपालखोज
२०७८ जेठ ६ गते १५:०८

बुटवल । बुटवल बजारको केन्द्रमा रहेको सिंह कम्प्लेक्समा बुधबार राति आगलागी भएको छ । कम्प्लेक्सको चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यु तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको छ ।
राति १:३५ बजे लागेको आगो बुटवल उपमहानगरपालिकाको दमकल आएर डेढ घण्टामा निभाउन सफल भएको थियो । विद्युत सर्ट भएर आगलागी भएको कम्प्लेक्सका संचालक संचालक महेशमान सिंहले बताए ।
आगलागीबाट कुल साढे ३ करोड बराबरको क्षति भएको उनले बताए। आगलागीबाट सबैभन्दा ठुलो क्षति लाबी फुडकोर्डमा भएको उनले बताए । आगलागीबाट ४ टनको ४ वटा र २ टनका ७ वटा गरी ११ वटा एसी पूर्ण रुपमा क्षति भएको छ ।
आगलागीबाट तेस्रो तल्लामा रहेको समृद्धि सैलुन (निलडेभिड हेयर सैलुन) को समेत क्षति भएको छ । प्रशासनबाट निशेषज्ञा जारी भएसंगै कम्प्लेक्स बन्द रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया