इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजन आज सकिँदै
नेपालखोज
२०७८ जेठ ९ गते २०:१८

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजन आज सकिँदैछ । आजराति हुने सिजनका अन्तिम १० खेलहरुसँगै जारी सिजन सकिनेछ ।
आज यस अघिनै च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडले उल्भ्ससँग खेल्दा चेल्सीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी लिभरपुलले क्रिस्टल प्यालेस तथा टोटेनहमले लेष्टर सिटीसँग खेल्दा आर्सनलले ब्राइटनसँग खेल्नेछ । आजै अन्य ४ खेलपनि हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया